arrow

केपी ओली र प्रचण्डविरुद्ध मुद्दा, एक वर्ष कैद माग

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
oli-prachanda.jpg.jpeg

काठमाडौँ । सर्वोच्च अदालतमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरिएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि अलग अलग मतपत्र छाप्ने अदालतको निर्णयलाई अनादर गरेर बोलेको भन्दै राष्ट्रिय जनता पार्टी राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले सोमबार ओली र प्रचण्डविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन् ।  

अलग अलग मतपत्र छाप्ने कार्य अगाडि बढाउन दिन नहुने भन्ने मनसायले भाषण गरेको हुँदा अदालतको आदेशको मानहानि हुन गएको मुद्दामा उल्लेख छ । 

साथै, निजहरुलाई अदालतको अपहेलनाअन्तर्गत मुद्दामा एक वर्ष कैद र रु १० हजार जरिवानाको माग पनि गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ