रसुवा। पहिलो चरणमा मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा आफ्नो पक्षमा मत तान्न राजनीतिक दलहरु गम्भिर गृहकार्यमा लागेकाछन्।
दलहरुले आफ्नो प्रभाव क्षेत्रलाई कायम राख्न र नयाँ प्रभाव क्षेत्र बनाउन लागिपरेको उनीहरुको गतिविधिले देखाउँछ। आफ्नो परम्परागत ठाउँहरु गुम्न दिन पनि उनीहरुको त्यत्तिकै जोड देखिन्छ।
यसअघी आफूले पाएको मत गुम्न नदिने जनता माझ आफ्ना चुनावी एजेण्डा र कार्यक्रम लिएर पनि दलका नेताहरु गइरहेका छन्।
रसुवामा पनि काँग्रेस र नयाँ शक्तिको उमेद्वारहरु पनि चुनावी जीतका लागि दिन रात एक बनाएर लागिपरेका छन्।
रसुवाको इतिहासमै चुनावी मैदानमा सबैभन्दा वढी अध्ययन गरेको इन्जिनियर चुनावी मैदानमा आएपछि उहिले जिल्लामा काँग्रेसको पक्षमा चुनावी लहर आएको छ। साथमा जातीय समिकरण मिलेका कारण पनि यो जीतलाई सहज बनाउने आँकलन छ।
प्रतिनिधि सभामा नेपाली काँग्रेसबाट इन्जिनियर मोहन आचार्य प्रतिष्पर्धामा छन्। प्रतिष्पर्धामा प्रदेश नम्वर १ बाट प्रभात तामाङ काँग्रेसबाट छन् भने नयाँ शक्तिबाट प्रेम तामाङ छन्।
काँग्रेस र नयाँ शक्तिको यो गठवन्धनको पक्षमा अंकगणितिय माहौल मात्र नभइ जीतको चर्चा जनताको घरघरमा माहौल आएको स्थानिय वुद्धिजिवीहरु बताउँछन् ।
नयाँ शक्ति रसुवाको पाँच वटा गाउँपालिका मध्ये गत स्थानिय निर्वाचनको प्रमुखको पदमा नयाँशक्ती पार्टीले ४०८५ मत ल्याएको थियो। नेपाली काँग्रेसले ७१३० मत ल्याएको थियो। एमाओबादीले २५१२ मत ल्याएर चौथो बनेको थियो भने एमाले ले ६९३१ मत ल्याएको थियो।
स्थानिय चुनावमा अलग अलग लडेपनि अहिलेको गठवन्धनपछि लोकतान्त्रिक गठबन्धनको ११२१५ र बाम गठबन्धनको ९४४३ मत भएको छ। स्थानिय चुनावमा आएको मत सबै त्यसरी नै नझरेपनि यहाँ काँग्रेस नेतृत्वको गठवन्धन एमाले नेतृत्वको गठवन्धन भन्दा निकै अघी रहेको देखाएको छ।
अहिले पनि स्थानिय मतदाताको बीचमा आचार्य सहित प्रदेश सभाका तामाङद्धय नै चुनाव जित्ने आाकलन शुरु भएको छ।