विवेकशील साझाले थाल्यो काठमाडौं ९ मा चुनावी अभियान
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
122
Shares
काठमाडौं। “अबको आशा, विवेकशील साझा” नाराको साथमा राष्ट्रिय पार्टी बन्ने लक्ष्य सहित निर्वाचनमा होमिएको विवेकशील साझा पार्टीले काठमाडौँको क्षेत्र नं ९ को चुनावी अभियान शुक्रबारबाट सुरु गरेको छ। सो क्षेत्रबाट विवेकशील साझा पार्टीले मिलन पाण्डेलाई प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवार घोषणा गरेको छ।
शुक्रबार काठमाडौँको २१ वडाको ज्याबहालमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा उक्त टोलका टोलवासीहरु, विवेकशील साझा पार्टीका अन्य क्षेत्रका उम्मेदवार अनि केन्द्रिय नेताहरु रन्जु दर्शना, गोविन्द नारायण लगायतको उपस्थिति थियो।
कार्यक्रममा मिलन पाण्डेकी आमा अनि बुवाले काठमाडौँ क्षेत्र न ९ का उम्मेदवार मिलन पाण्डे, काठमाडौँ क्षेत्र न ८ का उम्मेदवार पुकार बम, काठमाडौँ क्षेत्र न ७ की उम्मेदवार अनुपा श्रेष्ठलाई टिका माला लगाइदिएर देश बनाउने आशिर्वाद दिएका थिए ।