स्थानीय तहको निर्वाचनका क्रममा घाइते भएका सुवेदीको मृत्यु
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
371
Shares
नवलपरासी । स्थानीय तहको दोस्रो चरणको निर्वाचन क्रममा नवलपरासीमा अज्ञात समूहको बम विष्फोटनबाट घाइते भई उपचारार्थ एक जनाको मृत्यु भएको छ ।
निर्वाचन प्रक्रियाको क्रममा नेकपा (माओवादी केन्द्र) सुनवल नगर कमिटीको आयोजनामा असार ११ गते निकालिएको र्यालीमा अज्ञात समूहद्वारा गराइएको बम विष्फोटबाट भागदौडका क्रममा घाइते भएका ४० वर्षीय लेखनाथ सुवेदीको हालै उपचार क्रममा मत्यु भएको हो ।
सुनवल नगरपालिका १० खकरीबारी बस्ने ४० वर्षीय सुवेदी भरतपुर पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको नगर संयोजक सूर्यप्रसाद न्यौपानेले जानकारी दिए ।