रसुवा । रसुवा जिल्लाका तीन स्थानमा मतदान केन्द्र थपिएको जिल्ला निर्बाचन कार्यालय रसुवाले जनाएको छ ।
उत्तरगया गाँउ पालिकामा खाल्डे, गोसाँईकुण्ड गाँउपालिकामा स्याफ्रु र नौकुण्ड गाँउ पालिकामा नवजीवन आधारभूत बिद्यालयमा थपिएको हो ।
प्रदेश नम्बर एकमा गोसाँईकुण्ड,नौकुण्ड तथा कालिका गाउँ पालिकाको ४र५ नम्बर वडामा चौबिस केन्द्र रहने छन भने प्रदेश नम्बर दुईमा उत्तरगया,पार्बतीकुण्ड र कालिका गाउँ पलिकाको एक, दुई र तीन नम्बर वडामा २१ वटा मतदान केन्द्र रहने छन् ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा यो पटक ३२ हजार तीन सय २२ मतदाताले मतदान गर्ने छन् ।
जिल्लामा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी नेपाली सेना खटिने छन् भने दुई सय ४० जना म्यादी प्रहरी खटाइने प्रहरी नायव उपरिक्षक शरत् कुमार थापा क्षेत्रीले बताए ।