arrow

जाजरकोटमा शक्ति बस्नेतको जीत माधव नेपालको हातमा, यस्तो छ वागीको प्रतिक्रिया 

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
madhav_shakti.jpg

काठमाडौं । जाजरकोटमा बाम गठबन्धनका आधिकारिक उम्मेदवार शक्ति बस्नेतको उम्मेदवारी विरुद्ध वागी उम्मेदवारी दिएका नेकपा एमालेका नेता गोविन्द विक्रम शाहले नेकपा माओवादीले आफूहरुलाई धोका दिएकोले वागी उम्मेदवारी दिएको बताएका छन् । उम्मेदवारी फिर्ता लिन पाउने दिन हाम्राकुरा डटकमसँगको कुराकानीमा उनले आफूलाई पार्टी पंक्तिका केही सदस्यले उम्मेदवारी फिर्ता लिन दबाब दिईरहेको पनि बताएका छन् । 

उम्मेदवारी दर्ताको क्रममा पार्टीको माधव नेपाल पक्षका भारी कार्यकर्ताका साथ निर्वाचन कार्यालयमा पुगेका उनी चुनाव चिह्नले आफूलाई धोका दिनसक्नेमा चिन्तित छन् । उनले माओवादीसँग पहिले सहमति भए अनुसार प्रदेशको दुई क्षेत्र एमालेलाई दिने र केन्द्रको एक क्षेत्र मात्रै माओवादीले राख्ने सहमति भएको भएपनि सहमती विपरित माओवादीले उम्मेदवार उठाएपछि आफूले बाध्य भएर उम्मेदवारी दिन बाध्य भएको बताएका छन् । 

उनले आफूलाई सीमित बाहेक सिंगो पार्टी पंक्तिको सहयोग रहेको दाबी गर्दै कार्यदल नै बसेर निर्णय गरी उम्मेदवारी दिएको भन्दै आफूलाई पार्टीको सहयोग रहेकाले आफ्नो जीत सुनिश्चित रहेको बताए । उनले पार्टीको चुनाव चिह्न नपाउने भएकोले समस्या पर्नसक्ने आशंका पनि व्यक्त गरे । 

उम्मेदवारी फिर्ता लिने सवालमा उनले माओवादीका उम्मेदवारहरुले अहिलेसम्म आफूसँग भोट माग्न र कुराकानी गर्न पनि नआएको भन्दै एकपटक एमालेका सबै पार्टीपंक्तिसँग आज फेरि बसेर कुराकानी गर्ने र उनीहरुले सहयोग गर्ने प्रतिवद्धता दिएको खण्डमा उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारे । 

उनी जिल्लामा माधन नेपाल पक्षका नेता मानिन्छन् । उनको उम्मेदवारीमा पनि माधव नेपाल पक्षका नेता तथा कार्यकर्ताहरुको सहयोग रहेको छ भने केपी ओली पक्षका कार्यकर्ताहरु उम्मेदवारी दर्ता गर्न पनि गएका थिएनन् । उनले उम्मेदवारी फिर्ता लिएनन् भने त्यो क्षेत्रमा माओवादी उम्मेदवार बस्नेतलाई पनि जीतको लागि फलामको च्यूरा चपाउनु जस्तै कठिन देखिन्छ । यसकालागि उनले केन्द्रमा माधव नेपाल पक्षलाई रिझाउन सकेमात्रै वागी उम्मेदवारी फिर्ता भएर उनको जीतको सम्भावना बढ्ने देखिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ