८५ औं मिनेटमा एनकेटियाले घरेलु टोलीलाई पहिलो गोल दिलाए ।
अतिरिक्त समयको छैठौं मिनेटमा गोल गर्दै एनकेटियाले आर्सनलाई जिताएनन् मात्र सबैको नजरमा हिरो सावित भए ।
म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी पनि क्वार्टरफाइनमा पुगेका छन् । युनाइटेडले स्वान्सीलाई २–० ले हराउँदा सिटीले वुल्भरह्याम्पटनमाथि ट्राइब्रेकरमा जित हासिल गरेको हो ।
लेस्टर सिटी, ब्रिस्टोल सिटी, बर्नमाउथ पनि क्वार्टरफाइनल पुगेका छन् ।
बुधबार राति प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन चेल्सी र एभर्टन तथा टोटनह्याम र वेष्टह्याम भिड्दै छन् ।