बिराटनगर । मंसिर २१ गते हुन लागेको प्रदेश र संघीय निर्वाचनको लागि म्यादी प्रहरीको छनोट प्रक्रिय सुरुभएसँगै म्यादी प्रहरीका लागि भर्ना हुन आउनेहरुको संख्या अत्याधिक बढेको छ ।
म्यादी प्रहरीमा भर्ना हुन ११ हजार १ सय ३७ जनाले निवेदन दिएका थिए । जसमध्ये पुरुष तर्फ ४ हजार ४ सय ८ जनाले र महिला तर्फ १८ सय २१ जना गरी जम्मा ६ हजार २ सय २९ जनाले मात्र पहिलो चरणको परीक्षा पास गरेका छन् ।
पहिलो चरणमा पास गरेकाले म्यादी प्रहरीमा भर्नाका लागी आज विराटनगर स्थित शहीद रंगशालामा लिखित परीक्षा दिएका छन् । उनीहरुले रंगशालाको चौरमा बसेर परीक्षा दिएका थिए। जाँच दिएका मध्ये मोरङ जिल्लाका लागि ३ हजार १ सय ५७ जना मात्र पास हुनेछन् ।