arrow

निर्वाचनका बेला कुनै पनि कार्यालय प्रमुखले बिदा बस्न नपाउने

logo
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
Baitadi_District.png

बैतडी । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आइतबार उम्मेदवारी दर्ता भएसँगै बैतडीमा चुनावी गतिविधिले तीव्रता पाएको छ । 

सरकारी कार्यालयले पनि चुनावलाई स्वच्छ र निष्पक्षरूपले सम्पन्न गर्न पहल शुरु गरेका छन् । 

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको कार्यालय प्रमुखको बैठकले निर्वाचनको समयमा कुनै पनि कार्यालय प्रमुखले बिदा बस्न नपाउने निर्णय गरेको छ । 

निर्वाचनसँग सम्बन्धित विवरण र स्रोत साधनको माग भएमा यथाशीघ्र उपलब्ध गराउने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । 

यस्तै सरकारी कार्यालयमा रहेका सवारी साधन दुरुस्त राख्नुपर्ने, जिल्लामा रहेका एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने, बिदाको दिनमा सरकारी सवारी साधन सञ्चालन गर्नुपरेमा र जिल्ला बाहिर सरकारी सवारी साधन लग्नुपर्ने अवस्था आएमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने निर्णयसमेत भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ