arrow

बाग्लुङमा एमाले र माओवादी दुवैका बागी उम्मेदवार

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
oli-prachanda.gif.gif

बाग्लुङ । पहिलो चारण अन्तरगत मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि बाग्लुङमा पनि कम्युनिष्ट गठबन्धन विरुद्ध बागी उम्मेदबार खडा भएका छन् ।
 
साझा उम्मेदवार अघि सरेको एमाले र माओवादी भित्र गठबन्धका उम्मेदवारप्रति असन्तुष्टि व्यक्त गर्दै बागी उम्मेदबारहरुले मनोनयन दर्ता गरेका हुन् ।
 
निर्वाचन क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा सदस्यमा माओवादी र प्रदेश सभा सदस्यमा एमालेबाट स्वतन्त्र उम्मेदवारी परेको हो ।

प्रतिनिधि सभाका लागि दुई निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि चार निर्वाचन क्षेत्र भएको बागलुङमा तीन कम्युनिष्ट पार्टी मिलेर चुनावि मैदानमा उत्रेका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले कम्युनिष्ट गठबन्धनबाट साझा उम्मेदवारी दिए भने काँग्रेसले एकल उम्मेदवारी दर्ता गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ