arrow

बाजुरामा पाँच दलको उम्मेदवारी , प्रदेशसभाका लागि एक जना स्वतन्त्र उम्मेदवार  

logo
दयाराम पण्डित,
प्रकाशित २०७४ कार्तिक ५ आइतबार
bajura-district.png

बाजुरा। आगामी मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा भाग लिन  प्रतिनीधि सभा (संघ ) तथा प्रदेश सभाका लागि बाजुरामा  पाँच दलका उम्मेदवारले  आज दिउसो जिल्ला निर्वान अधिकृतको कार्यालय मार्तडीमा मनोनयन पत्र दर्ता गराएका छन्। 

यसरी मनोनयन पत्र दर्ता गराउनेमा नेपाली कांग्रसको तर्फबाट प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार कविवराज पण्डित, प्रदेश क्षेत्र नं एक वाट जनकराज गिरी  र प्रदेश क्षेत्र नं दुई बाट पदम वहादुर शाही छन्। त्यसै गरी नेकपा एमाले गठबन्दन वाट प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार लाललवहादुर थापा, प्रदेश एक क्षेत्रका लागि बल्देभ रेग्मी , प्रदेश दुई नं वाट प्रकाश शाहको  उम्मेदवारी परेको निर्वान कार्यालयका सुचना अधिकारी धर्मराज जोशीले जानकारी दिएका छन्। त्यसैगरी राप्रपा प्रजातान्त्रिक वाट प्रदेश क्षेत्र नं एक वाट कान्तवहादुर शाही ,र प्रदेश नं दुईमा बीबहादुर  हमालको उममेदवारी परेको छ।

एकिकृत राष्टवादी प्रजातन्त्रबादीका प्रकाश वि क ले प्रदेश  क्षेत्र नं दुई बाट उममेदवारी दिएका छन् भने  नयाँ शक्तीबाट  प्रतिनीधि सभाका लागि दिलीप शाही प्रदेश  क्षेत्र नं एकं को लागि नरेन्द्र विक छन् भने प्रदेश दुई नम्वरवाट सुर्जे चदारको उम्मेदवारी परेको सुचना अधिकारी जोशीले जानकारी दिएका छन्।  प्रदेश नं एकको  सभासद्का लागि टिकारज गिरीको स्वतन्त्र उम्मेदवारी परेको वताईएको छ। 


बाजुरामा जे जती दलले उम्मेदवारी दिएता पनि नेपाली कांग्रेस र नेकपा एमाले वीच नै कडा पर्तिस्पर्धा हुने देखिन्छ। जिल्लाको तेस्रो शक्ती मानिने नेकपा माओवादी केन्द्रलाई  भने प्रत्यक्ष तर्फ एमाले गठबन्दनले भाग दिएको छैन। नेपाली कांग्रेसले चुनावी घोषाण सभा खुलामञ्चमा गरेको थियो भने नेकपा एमालले सदरमुकाम मार्तडीको खेलकुदमा गरेको थियो। कांग्रसको सभालाई केन्द्रीयसदस्य बद्रीप्रसाद पाण्डेले गर्नु भएको थियो भने एमालेको चुनावी सभाको सम्बोधा बेकल्पीक पोलिटब्युरो सदस्य कर्णवहादुर थापाले गर्नु भएको थियो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ