arrow

दोलखामा एमालेबाट पार्वत गुरुङ प्रदेशमा पशुपति चौलागाई भिड्दै

logo
प्रकाशित २०७४ कार्तिक ५ आइतबार
pashupati-parbat.jpg

दोलखा। प्रतिनिधी सभाको चुनावमा एमालेले दोलखामा पार्वत गुरुङलाई मैदानमा पठाएको छ। दुईवटा क्षेत्र रहेको दोलखा एकमा सिमित भएपछि एमालेका तीन जना सांसद प्रतिनिधि सभाको चुनावको लागि पार्टी टिकटको आकाँक्षी थिए।

प्रतिष्पर्धामा रहेका सांसद पशुपति चौलागाई प्रदेशमा जान सहमत भएपछि राज्य पुनसंरचना अघी एक नम्वर क्षेत्रबाट सांसद भएका पार्वत गुरुङले एमालेको टिकट पाएका हुन्।

पूर्व मन्त्री तथा सांसद आनन्द पोखरेल भने प्रतिष्पर्धाबाट वाहिरिए। एङ्गाले र माओवादीको तालमेल पछि एक क्षेत्र माओवादीलाई छोडेको एमालेले आफ्ना केन्द्रिय तहका नेतालाई समेत जिल्लामा टिकट दिन सकेन। 

एमाले र माओवादीको तालमेल पछि दोलखाको प्रदेश सभामा एक एक सीट दुवै पार्टीले राखेका हुन्। 

प्रदेश सभामा माओवादीले दोलखा क पाएको छ भने एमालेले दोलखा ख पाएको छ। माओवादीबाट विशाल खड्काले दोलखा क बाट टिकट लिएका छन्। 

एमाले निकट स्रोतका अनुसार एमालेबाट भने पशुपति चौलागाईले दोलखा ख बाट टिकट लिएका छन्। चौलागाई प्रदेश नम्वर ३ मा एमालेका तर्फबाट मुख्यमन्त्री रुपमा हेरिएका नेता हुन्।

प्रतिष्पर्धामा रहेका बालकृष्ण शिवाकोटीले दोलखा ख बाट टिकट पाउने अन्तिमसम्म चर्चा भएपनि उनलाई अन्तिममा टिकट दिइएन। लालकुमार केसी शिव भण्डारी लगायतका नेताहरु पनि टिकट पाउनबाट वञ्चित रहे। 

दोलखाको टिकट मिलाउन मनोनयन हुने दिनसम्म पनि एमालेलाई गाह्रो भयो। टिकट लिनु अघी नै आकाँक्षी जति जिल्ला पुगेका थिए। 

काँग्रेसबाट भने प्रतिनिधिसभामा रुद्र खड्का, प्रदेशमा दोलखा क मा वर्मा लामा दोलखा ख मा केशव चौलागाईले पाएका छन्। विवेकशिल साझा पार्टीले भने प्रतिनिधि सभामा विजयबाबु शिवाकोटीलाई उमेद्वार बनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ