ओखलढुङगामा काँग्रेसको टिकट हेरफेर, लिलाको ठाउँमा मित्रसेन
प्रकाशित २०७४ कार्तिक ३ शुक्रबार
541
Shares
ओखलढुङगा। नेपाली काँग्रेसले ओखलढुङगाको चुनावी मैदानमा भिड्ने उमेद्वारहरुको नाम टुङ्ग्याएको भोलिपल्ट फेरि उमेद्वारमा हेरफेर भएको छ।
पहिलो चरण मंसिर १० मा हुने चुनावका लागि काँग्रेसको संसदिय वोर्डको वैठकले विहिवार उमेद्वारको नाम टुङ्ग्याए पनि असन्तुष्टीका स्वरहरु वढेसँगै उमेद्वार परिवर्तन भएको हो।
काँग्रेसले प्रतिनिधि सभातर्फ उमेद्वार परिवर्तन गरेको छैन। तर प्रदेश सभाको क मा उमेद्वार परिवर्तन गरिएको हो।
काँग्रेस संसदीय समितिको बैठकले मंसिर १० निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा रामहरि खतिवडालाई उमेद्वार बनाउने भएको छ। खतिवडा यसअघी पनि निर्वाचित सांसद हुन्। संसदमा क्रियाशिलताका कारण चर्चित उनी ओखलढुङगामा लोकप्रिय छन्।
ओखलढुङगाको प्रदेशसभा अन्तर्गत क मा लिला बल्लभ दाहाल (काका ) उमेद्वार बनाइएपनि शुक्रवार परिवर्तन गरिएको हो। उनको ठाउँमा मित्रसेन दाहाललाई उमेद्वार बनाइएको छ। दाहाल ओखलढुङगा काँग्रेसमा पुरानो र परिचित नाम हो। उनी समाजसेवाका मार्फतबाट देशभर चिनिएका छन्।
प्रदेशतर्फ ओखलढुङगाको ख मा काँग्रेस जिल्ला सभापति प्रदिप कुमार सुनुवारलाई काँग्रेसले टिकट दिएको छ। उनी अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै काँग्रेसको राजनीतिमा स्थापित छन्।