arrow

विवेकशील साझा पार्टीले लगायो उम्मेद्वारको टुङ्गो 

logo
प्रकाशित २०७४ कार्तिक २ बिहिबार
sajhaparti.jpg

काठमाडौं । विवेकशील साझा पार्टीले रुपन्देही, ईलाम, पर्सा र अर्घाखाँची जिल्लामा उम्मेद्वारको टुङ्गो लगाएको छ । यस अघिनै काठमाडौँ लगायत अन्य जिल्लामा उम्मेदवाको टुङ्गो लगाएको छ ।

विवेकशील साझा पार्टीले रुपन्देही क्षेत्र नं २मा हरिकृष्ण अधिकारीको नाम टुङ्गो लगाएको छ । त्यस्तै पर्सा क्षेत्र नं १बाट डा महमद रज्जालाई उम्मेद्वार बनाउने भएको छ । 

इलाममा क्षेत्र नं १मा विवेकशील साझा पार्टीले २७ बर्षिय युवालाई उम्मेद्वार बनाउने भएको छ । त्रिभुवन विश्वाविद्यालय सरसफाइ कार्यक्रमका मुख्य अभियन्ता मध्येका एक सचिन घलेलाई चुनावी मैदानमा पठाउने भएको हो ।

मुम्बईबाट कम्प्युटर साइन्समा स्नातक गरेका विष्णुप्रसाद मिश्रलाई विवेकशील साझा पार्टीले अर्घाखाँचीबाट उम्मेद्वार बनाउने टुङ्गो भएको सो पार्टीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ