समानुपातिकमा नाम पठाएपछि देउवासँग सिटौला रुष्ट, नाम दर्ता भए फिर्ता लिने चेतावनी
प्रकाशित २०७४ असोज २९ आइतबार
443
Shares
काठमाडौं। नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाको नाम समानुपातिकको वन्द सूचीमा पठाएपछि काँग्रेस सभापति शेर वहादुर देउवासँग सिटौला रुष्ट भएका छन्।
काँग्रेसको समानुपातिक सूचीमा आफ्नो नाम पठाएपछि सिटौलाले देउवालाई आफ्नो असन्तुष्टी प्रकट गरेका हुन्। उनले समानुपातिक सूचीबाट बफ्नो नाम फिर्ता नलिए आफू स्वयंले नाम फिर्ता लिने देउवालाई जानकारी गराएका छन्।
नेपाली काँग्रेसको वन्द सूची लिएर काँग्रेसका नेताहरु निर्वाचन आयोग अपरान्ह पुगेपनि राती अवेरसम्म सूची निर्वाचन आयोगमा बुझाइसकिएको थिएन।
सिटौलाको नाम समानुपातिकमा राखिएपछि उनको निर्वाचन क्षेत्रमा राप्रपालाई प्रत्यक्षमा उठाउने देउवाले सहमति गरेको वताइएको छ।
राप्रपाले झापाको सो क्षेत्रमा आफ्ना महामन्त्री राजेन्द्र लिङदेनलाई उठाउन चाहेको छ। वृहत लोकतान्त्रिक गठवन्धन बनाउने क्रममा देउवा र राप्रपा अध्यक्ष कमल थापाबीच सिटौला निर्वाचत भएको झापा ३ सहित केहि क्षेत्र राप्रपालाई दिने सहमति भएको बताइएको छ।
काँग्रेस नेता सिटौला संसदीय वोर्डमा भएपनि आफ्नो सहमति विना समानुपातिकमा पठाएको भन्दै आफ्नो असन्तुष्टी सभापति देउवासँग राखेका हुन्।