कृष्णबहादुर महरा भन्छन् –छोडाउन खोजिरहेका छन् सीधै भन्न सकेनन्
प्रकाशित २०७४ असोज २८ शनिबार
492
Shares
काठमाडौं । नैतिकताको राजनीति डगमडाउँदै गर्दै यतिबेला सत्ता गठबन्धनमा चिसोपन बढ्दै गएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्न खोज्दासमेत राष्ट्रपतिले परामर्श गर्ने भनेपछि अब प्रधानमन्त्री र राष्ट्रपतिबीचको दूरी पनि बढ्दै गएको छ ।
यसैबीच नेपाली काँग्रेससंग सहकार्य गरेर सत्ता गठबन्धन गरेको नेकपा माओवादी केन्द्रले आफै भने सरकार कुनै पनि हालतमा नछोड्ने मनस्थिति बनाएको छ ।
‘सत्ता छाड् भने छाड्ने हो तर आफैले कुनै हालतमा छाड्दैनौ’, उपप्रधान एवं परराष्ट्र मन्त्री तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले हाम्राकुरासंग भने ‘प्रधानमन्त्रीले हामीलाई हटाउने संकेत गरिरहनु भएको छ ।’
महराको यो भनाइले सत्ता गठबन्धनमा भने अप्ठेरो बढ्दै गएको छ । काँग्रेस नेतृत्वको सरकारसंग सत्ता गठबन्धनमा सहकार्य गरे पनि माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसंग चुनावी सहकार्य गरिरहेको छ ।
विश्वमा कहीं नभएको यो राजनीतिक छक्कापञ्जाले भने आसन्न चुनावलाईसमेत प्रत्यक्ष असर पार्ने देखिएको छ ।