खुल्ला प्रतिष्पर्धाबाट उम्मेद्धवार चयन गर्ने नौलो जनवादी पार्टीको घोषणा
प्रकाशित २०७४ असोज २५ बुधबार
413
Shares
काठमाडौं। नेपाल नौलो जनवादी पार्टीले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि चुनाव चिन्ह सार्वजनिक गरेको छ। चुनाव चिन्ह चिठ्ठी बोकेर उड्न लागेको परेवा समेत सार्वजनिक गरेको छ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त पार्टीले आफ्नो चुनाव चिन्ह सार्वजनिक गरेको हो। कार्यक्रममा अध्यक्ष गंगालाल श्रेष्ठले पार्टीका पछिल्ला धारणाहरु सार्वजनिक गरेका हुन्। कार्यक्रममा पार्टीका महासचिव ठाकुरबहादुर बुढाथोकी, केन्द्रिय सदस्यहरु लेखनाथ प्रसाई र सुमन गिरीले पनि आफ्नो धारणा राखेका थिए ।
पार्टीले ‘देशमा दिगो शान्ति ल्याई, समृद्ध नेपाल बनाउन खोज्दैछौ है, साथी’ भन्ने मुल नाराका साथ अहिले २०७४ साल मंसिर १० गते र मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी यस पार्टीले खुल्ला प्रतिसपर्धाबाट उम्मेदवारी चयन गर्ने अभ्यासको रुपमा सुरुवात गर्न लागेको जानकारी दिएको हो ।
पार्टी अध्यक्ष श्रेष्ठका अनुसार समानपातीक तर्फको लागी पार्टीको कार्यालयमा नाम दर्ता गराई सक्नु पर्ने अन्तीम मिती २०७४ साल असोज २८ गते, छनौट मिती २०७४ साल असोज २८ गते निर्वाचन आयोगमा बन्द सुचिमार्फत नामावली पेश गर्ने मिती २०७४ साल असोज २९ गते तोकेको छ ।
त्यस्तै पहिलो चरणमा हुने प्रतक्षतर्फको निर्वाचनको लागी नाम दर्ता २०७४ साल असोज १६ गतेदेखि कार्तिक १ गते सम्म, छनौट उमेदवारको नाम प्रकाशन मिती २०७४ साल कार्तिक २ गते, टिकट वितरण मिती २०७४ साल कार्तिक ३ गते निर्वाचन आयोगमा उम्मेद्धवारी दर्ता गर्ने मिती २०७४ साल कार्तिक ५ गते र दोस्रो चरणमा हुने प्रत्यक्ष तर्फको निर्वाचनको लागी नाम दर्ता २०७४ साल असोज २२ गते देखि कार्तिक ११ गते सम्म,छनौट उमेदवारको नाम प्रकासन मिती २०७४ साल कार्तिक १३ गते,टिकट बितरण मिती २०७४ साल कार्तिक १४ गते निर्वाचन आयोगमा उमेदवारी दर्ता गर्ने मिती २०७४ साल कार्तिक १६ गते तोकेको छ।
उक्त पार्टीको केन्द्रिय कार्यालय प्रयागपोखरी, ललितपूर,लगनखेल रहेको छ। उम्मेद्धवारी दर्ताको समय भने बिहांन ७ बजेदेखि बेलूका ६ बजेसम्म तोकेको छ।