arrow

लोकतान्त्रिक गठबन्धनभित्र सिट तालमेलमा कुनै समस्या आउँदैनः नेता साउद

logo
प्रकाशित २०७४ असोज २३ सोमबार
np_saud.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता एनपी साउदले लोकतान्त्रिक गठबन्धनभित्र सिट तालमेललाई लिएर कुनै समस्या नआउने स्पष्ट पारेका छन । रिपोर्टर्स क्लब नेपालले सोमबार यहाँ आयोजना गरेको साक्षात्कारमा उनले भने– “राष्ट्रवादी, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरुलाई एक ठाउँमा उभ्याएर प्रजातन्त्र र राष्ट्रियताको रक्षाका लागि काँग्रेस अघि बढ्छ ।”

नेता साउदले अहिलेको राजनीतिक धु्रवीकृत बन्दै गएको चर्चा गर्दै वाम गठबन्धन अस्वभाविक भएपनि आफूहरुलाई कुनै फरक नपर्ने बताए ।

नेकपा (एमाले)का नेता रघुवीर महासेठले वाम गठबन्धनले जनताको हितमा काम गर्नुपर्ने बताउँदै वाम एकताको प्रसङ्ग उठिसकेपछि जनतामा खुशी छाएको तथा अन्य विचारधारा बोक्ने जनता पनि खुशी देखिएको छ भने।

लामो समयदेखिको गृहकार्यपछि मात्र वामपन्थी गठबन्धन र दुई पार्टीबीच एकता प्रयास चलेको उल्लेख गर्दै उनले विगतमा पनि एकतामा आउनका लागि एमालले माओवादीलाई आग्रह गरिएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ