arrow

राष्ट्रिय जनमोर्चा बागलुङले पठायो उम्मेदवारको नाम

logo
नारायण रिजाल,
प्रकाशित २०७४ असोज २३ सोमबार
rastriya_janamorcha.jpg

बागलुङ । आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाका लागि राष्ट्रिय जनमोर्चा बागलुङले पनि पार्टीका तर्फबाट उम्मेदवारहरुको नामावली केन्द्रलाई सिफारिस गरेको छ ।

प्रतिनिधि सभा सदस्यका लागि बागलुङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष उम्मेदवारमा जिल्ला अध्यक्ष अमर थापा, नेता कृष्ण अधिकारी र लिलादेवी शर्माको नाम केन्द्रलाई सिफारिस गरेको छ । यस्तै क्षेत्र नम्बर १ को प्रदेश (क) र (ख) का लागि तेजबहादुर थापा तिलक, लक्ष्मी पुन थापा र कृष्ण थापा, गुणनिधी शर्मा र धनादेवी शर्माको नाम सिफारिस गरेको राजमो बागलुङका जिल्ला सचिव धर्मबहादुर कुँवरले बताए ।  

यस्तै क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ घनश्याम न्यौपाने, धर्मबहादुर कुँवर र रुनमाया थापाको नाम सिफारिस गरेको छ । यस्तै क्षेत्र नम्बर २ को प्रदेश (क) र (ख)को लागि प्रत्यक्ष तर्फ टंक बहादुर केसी, मनु सिन्जाली तथा टेक बहादुर घर्ति मगर, खिम विक्रम शाही र केश कुमारी बुढाको नाम केन्द्रमा सिफारिस गरेको जनाएको छ ।

समानुपातिक तर्फ नर बहादुर पुन, नारायण सापकोटा, वेदीलाल सापकोटा, मेखबहादुर पाइजा, भिमलाल पोख्रेल, हिराबहादुर थापा, धनबहादुर अदै, डिलबहादुर श्रीस, तिथसिंह थापा, पनबहादुर वि.क., घनश्याम वि.क., रनबहादुर वि.क., लालबहादुर राना, विष्णु बस्नेत, ठाकुर शर्मा, हिराबहादुर पुन, डोरबहादुर क्षेत्री, खड्क वि.क., पनिकला बुढा, कोपिला थापा, गिता थापा र होम बहादुर पुनको नाम सिफारिस गरेको राष्ट्रिय जनमोर्चा बागलुङले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ