-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृ संगठन (वाइसिएल नेपाल) ले आगामी कात्तिक ११ गते देशभरका छ हजार ७४३ वडामा वडा सम्मेलन गर्ने भएको छ ।
वाइसिएलको यहाँ सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकले उक्त निर्णय गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।
देशभर नै एकैपटक सबै युवालाई संगठित गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको उनले बताए ।
बैठकले २९ सदस्यीय कार्यालय, ६५ सदस्यीय सचिवालय र १९९ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । साथै विभिन्न विभाग समेत गठन गरेको छ ।
वाइसिएलले आगामी प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचनलाई सफल बनाउन देशभर नै संगठित रुपमा युवा परिचालन गर्ने जनाएको छ ।
यस्तै वाइसिएलले ‘नेप्लिज युथ सेन्टर’ नामक मोबाइल एप्ससमेत निर्माण गरेको छ ।
सो एप्सको सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गर्नेछन् ।