arrow

काँग्रेसबाट काठमाडौं ६(ख) मा 'इको-पोलिटिसियन' श्रेष्ठको सम्भावना

logo
प्रकाशित २०७४ असोज २२ आइतबार
krishna_man_shrestha.jpg

काठमाडौं । नेपाली काँग्रेसले क्षेत्र नं ६ को प्रदेश सभा सदस्यको निर्वाचनमा काठमाडौैंका व्यवसाय, राजनीति र समाजसेवामा समेत आवद्ध कृष्णमान श्रेष्ठलाई सिफारिस गरेको छ । काठमाडौं क्षेत्र नं ६(ख) बाट काँग्रेसले प्रदेश सभा सदस्य निर्वाचनको लागि सिफारिस गरेको हो । २०४८ सालमा १८ वर्षको हुँदादेखि नै राजनीतिमा लागेका श्रेष्ठ राजनीतिसँगै व्यवसायिक अधिकारका लागि समेत लामो समयदेखि लड्दै आएका व्यक्तित्व हुन । नेपाली काँग्रेसको राजनीतिमा एक पछि अर्काे महत्वपूर्ण पदमा पदोन्नतीहुँदै नेपाली काँग्रेसको केन्द्रीय विभागीय समिति सदस्य समेत बनेका श्रेष्ठले व्यवसायिक संस्था नेपाल चेम्बर अफ कमर्समा समेत कर तथा राजश्व समितिका सभापति बनेर काम गरेका छन् । उनको राजनीतिमा धेरै त्यसपछि समाजसेवा र व्यवसायमा लगाम रहेको बताईन्छ । 

तारकेश्वर नगरपालिका वडा नं १ साङला, कार्भेस्थली, वडा नं ६ धर्मस्थली, वडा नं ७ फुटुङ, वडा नं ८, ९, १०, ११ मनमैजु र टोखा नपाको वडा नं १, वडा नं ८ र वडा नं ११ भित्र पर्ने यस क्षेत्रमा उनलाई उम्मेदवारीको लागि सिफारिस गरिएको हो । जन्मकाल देखि नै यस क्षेत्रमा हुर्किएर यही हावापानीमा राजनीतिको जरोकिलो गाडेका उनी यस क्षेत्रका धेरै मानिसको रोजाईमा पर्ने इको पोलिटिसियन हुन् ।  

राजनीतिक पृष्ठभूमि 
तत्कालीन कार्भेस्थली गाविसको संस्थापक इकाई सभापति बन्दै २०४७ सालबाट राजनीति सुरु गरेका श्रेष्ठ २०४८ मा नेविसंघको जिल्ला सदस्य, २०४९ मा नेविसंघको क्षेत्रीय सभापति हुँदै २०४८ सालको आम निर्वाचनमा सक्रिय रुपमा सहभागी बने । २०४९ सालको निर्वाचनमा टिकट पाउने निश्चित जस्तै भएपनि अन्तमा निर्वाचन आयोगले ल्याएको मापदण्डभित्र उमेर नपुगेपछि उनी त्यतिबेलाको चुनावमा उम्मेदवार बन्न नपाएको बताउँछन् । 

यस अघि भातृ संस्थाको सक्रिय राजनीतिमा लागेका उनले क्रियाशील सदस्यता भने २०५१ सालमा लिएका हुन् । सोही साल उनी काँग्रेसको क्षेत्रीय कोषाध्यक्षमा चुनिए । २०५४ सालमा गाउँ परिषद् अध्यक्ष बनेका उनी २०५६ सालमा तरुणदल केन्द्रीय विभागीय सदस्य चयन भए ।  २०७०मा नेपाली काँग्रेसको केन्द्रीय विभागीय सदस्यसम्म बनेका उनी यस बीचमा पनि सक्रिय रुपमा नेपाली काँग्रेसमा लागिरहेका व्यक्ति हुन् । काँग्रेसको १२ औं र १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका उनी अहिले प्रदेश सभा सदस्यको निर्वाचनमा बलियो प्रतिस्पर्धी बनेर सिफारिस भएका छन् । 

व्यवसायिक जीवन 
राजनीतिमा जस्तै उनको राम्रो दख्खल व्यवसाय र समाजसेवामा पनि रहेको छ । न्यू मिलिनियम स्टोर बसुन्धाराको प्रोपाईटर श्रेष्ठ लक्ष्मी एकीकृत कृषि व्यवसायिक प्रालिको सञ्चालक समिति अध्यक्ष पनि बनिसकेका छन् । जसले उनकै नेतृत्वको समयमा राष्ट्रपति कृषि पुरस्कार पनि प्राप्त गरेको थियो । २०५७ सालमा किराना व्यापारी संघको अध्यक्ष समेत बनेका उनी विपी स्मृति अस्पताल बसुन्धाराको एक कार्यकाल कोषाध्यक्ष समेत बनेका छन् । ०६७ सालबाट यस अस्पतालमा सेवा सुरु गरेका उनी एक कार्यकाल लेखा समिति संयोजक र हाल सचिव छन् । त्यस्तै, गणेशमान हेल्थ फाउण्डेशनको सहअध्यक्ष र गणेशमान स्मृति सहकारी अस्पतालको सञ्चालक समिति सदस्य समेत रहेका छन् । 

काठमाडौं युवा स्वरोजगार कोषका सहसंयोजक, काठमाडौं जिल्ला शान्ति समितिको सदस्य समेत रहेका उनी नेपाल चेम्बर अफ कमर्सको लगातार तेस्रो कार्यकालको कार्यसमिति सदस्य, चेम्बरकै कर राजश्व समितिको सभापति र व्यवसायिक कृषि प्रवद्र्धन समितिका संयोजक समेत रहेका छन् । 

नेपालमा संविधान बनिसकेको र अब मुलुक आर्थिक विकास तर्फ लाग्नुपर्ने अवस्थामा यसरी आर्थिक विषयमा समेत राम्रो दख्खल भएका र स्थानीय स्तरमा राम्रो पहुँच भएका व्यक्तिलाई नै उठाउनुपर्ने मागहरु बढ्दै आएको छ । स्थानीय स्तरमा स्वरोजगारमूलक विभिन्न कार्यक्रम समेत गरिसकेकोले स्थानीय स्तरमा उनको उम्मेदवारीको सम्भावना समेत राम्रो देखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ