संघ र प्रदेश निर्वाचनका लागि एमाले स्याङ्जाबाट उम्मेदवारको सिफारीस
प्रकाशित २०७४ असोज २२ आइतबार
553
Shares
स्याङ्जा। नेकपा एमाले स्याङ्जाले संघको निर्वाचन र प्रदेश सभाका लागि उम्मेदवार छनोट गरेको छ। क्षेत्र नं. १ बाट नारायण मरासिनी, डाक्टर गणेशमान गुरुङ् र टेकु नेपालीलाई सिफारीस गरेको छ। क्षेत्र नं. २ बाट भने एमालेकी केन्द्रिय सदस्य पदमा अर्याललाई मात्रै सिफारीस गरेको छ।
प्रदेश सभाका लागि क्षेत्र नं. २ को प्रदेश ३ बाट मोहन रेग्मीलाई सर्वसहमतबाट सिफारीस गरेको छ । प्रदेश ४ मा भने आकाक्षी धेरै देखिएकाले पार्टीको विधान अनुसार ३ जनाको नाम सिफारीस गरेको एमालेले जनाएको छ। प्रदेश ४ बाट सोभियत ढकाल, ढाकाराम अर्याल र रामचन्द्र भट्टराईको नाम सिफारीस भएको बताइएको छ। क्षेत्र नं. १ को प्रदेश १ मा मिन गुरुङ्लाई सर्वसहमत उमेदवार बनाउने निर्णय भएको बताइएको छ। स्याङ्जा प्रदेश २ बाट भने विश्व पौडेल, प्रेमनारायण अर्याल, गुणाखर पौडेल, विष्णु उपाध्याय, महाप्रसाद सापकोटा र टंकप्रसाद सापकोटाले उमेदवारीको दावी गरेका छन्।
संघको उमेदवारी टुङ्गाएपनि एमालेले ३ ओटा प्रदेशको उमेदवारी भने टुङ्गाउने प्रयास गरिरहेको प्रचार विभाग प्रमुख राजेन्द्र डुम्रेले बताए। क्षेत्र नं. १ को प्रदेश २ मा उमेदवारको आकाक्षी धेरै देखिएकाले एमालेले आइतवार २२ गते भित्र स्याङ्जाको सबै टुङ्गो लगाई सक्ने रणनीति अख्तियार गरेको छ। माओवादी लगायत अन्य दलहरुले भने अहिले सम्म उमेदवारीको टुङ्गो लगाउन सकेका छैनन्।