काठमाडौं। मंसिरमा हुने संघ र प्रदेशको चुनावको लागि राजनीतिक दलहरु आफ्ना उमेद्वार बनाउने अन्तिम कसरतमा लागिरहँदा आफूलाई अव्वल सावित गर्न स्थानिय राजनीतिक नेतृत्वहरुको दौडधुप पनि देखिन्छ।
नेपाली काँग्रेसका स्थानिय नेता कार्यकर्ताहरु पनि टिकटको दौडधुपमा लागिपरेका छन्। संघ र प्रदेशमा टिकट दिलाउनका लागि काँग्रेसका आकाँक्षीहरुले भेटघाटलाई पनि तिव्रता दिएका छन्।
काठमाडौं काँग्रेसमा पनि अहिले विभिन्न आकाँक्षीहरु चुनावी प्रतिष्पर्धामा आफूलाई टिकट दिलाउनका लागि कार्यकर्ता र नेताकहाँ पुग्ने क्रम पनि वढ्दो छ।
काठमाडौं क्षेत्र नम्वर ७ मा पनि आकाँक्षीहरुले आफूलाई अव्वल सावित गर्न लागिपरेका छन्। क्षेत्र नम्वर ७को खमा अहिले दुईजनाको बीचमा चर्को प्रतिष्पर्धा देखिन्छ।
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सदस्य सविन तामाङ र पूर्व क्षेत्रीय सभापति धर्मराज अर्याल सहित सिर्जना वुर्लाकोटी र मायाँ फुयाँलको सिफारिस भएपनि तामाङ र अर्यालका बीचमा टिकटको प्रतिष्पर्धा देखिन्छ।
साविकका इचंगुनारायण, जितपुर फेदी र गोलढुङगा रहेको ७ खमा करिव आधा जनसंख्या भने इचंगुनारायणको रहेको छ। इचंगुनारायणका एक मात्र प्रत्यासी रहेका तामाङ सो क्षेत्रका भएका कारणले पनि वलियो मानिन्छन्।
काठमाडौं नेवार पछि तामाङ समुदाय दोस्रो ठूलो आदिवासी जनजाती क्लस्टर हो। काठमाडौंबाट संघ र प्रदेशमा गरि ३० वटा टिकट वितरण हुँदै गर्दा तामाङ समुदायलाई पनि न्याय गर्नुपर्ने माग सो समुदायबाट हुँदै गरेको छ।
तामाङ समुदायबाट टिकटका आकाँक्षी मध्येमा ७ ख का सविन तामाङ बलिया प्रत्यासी हुन। तामाङ समुदायलाई भरोसा दिलाउन पनि नेपाली काँग्रेसले सविन तामाङलाई टिकट दिनुपर्नेमा आदिवासि जनजाती मात्र हैन काँग्रेसका आम कार्यकर्ताहरुको मत छ। यूवाहरु भने उनको पक्षमा खुलेर लागेका कारण पनि उनको पक्षमा माहौल बनाउन सजिलो हुने देखिन्छ। पार्टिले टिकट वितरणमा यूवा, आदिवासी जनजाती क्लस्टर देखि सबै मिलाएर तामाङलाई दिए चुनाव जित्न सहज हुने स्थानियको मत छ।