arrow

९ जनाका लागि कञ्चनपुर कांग्रेसले पठायो २०८ को नाम, एउटै व्यक्ति पाँच ठाउँबाट सिफारिस 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ असोज २१ शनिबार
congress-flag3.jpg

पुनर्वास। मंसिरमा २१ मा हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कांग्रेस कञ्चनपुरले दुई सयभन्दा बढी उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक गरी २ सय ८ उम्मेदवारको नाम कञ्चनपुर कांग्रेसले  केन्द्रीय समितिमा सिफारिस गरेको हो । नगर, गाउँपालिका र क्षेत्रीय समितिबाट सिफारिस भई आएको उम्मेदवारहरुको नामावली जिल्ला पार्टी कार्यालयले पनि जस्ताको त्यस्तै  केन्द्रमा सिफारिस गरेको नेपाली कांग्रेस कञ्चनपुरले जनाएको छ । 

माग गरे भन्दा बढी आकांक्षीका नामावली क्षेत्रीय समितिले सिफारिस गरेका कारण जिल्लाबाट थप्न घटाउन नमिल्ने भएकाले तलबाट आएका नामावली जस्ताको त्यस्तै केन्द्रमा पठाएको नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि प्रसाद बोहराले बताए । उनका अनुसार तत्कालीन चार निर्वाचन क्षेत्रबाट निर्वाचित व्यवस्थापिका सदस्य पनि सिफारिस भएका छन् । वि सं २०७० सालको दोस्रो संविधान सभा निर्वाचन सदस्यका लागि निर्वाचित चारै निर्वाचन क्षेत्रमा व्यवस्थापिका सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट दिवानसिंह विष्ट, २ बाट नारायण प्रकाश साउद, ३बाट बहादुर सिंह थापा र ४ बाट रमेश लेखक निर्वाचित भएका थिए । 

उनीहरु चारै जना प्रतिनिधी सभा सदस्य प्रत्यक्ष तर्फबाट सिफारिस भएका छन् । बहादुर सिंह थापा प्रतिनिधि सभाका लागि निर्वाचन क्षेत्र नम्बर २ र ३ बाट प्रत्यक्ष र २ बाट समानुपातिकमा सिफारिस भएका छन् । प्रदेश ४ र ५बाट समेत प्रत्यक्षबाट सिफारिस भएका छन् । एउटै नेता आधा दर्जन बढी क्षेत्रबाट सिफारिस भएपछि कांग्रेसभित्र असन्तुष्टी बढ्दै गएको छ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ नारायण प्रकाश साउद, ३ बाट रमेश लेखक सिफारिस भएका हुन् । निर्वाचन क्षेत्र नम्वर २ बाट सिफारिस भएका साउद पुर्व सिँचाईमन्त्री र ३ बाट सिफारिस भएका लेखक पूर्व भौतिक पुर्वाधार एव यातायात मन्त्री हुन् ।

निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ ४ जनाको नाम सिफारिस भएको छ । दिवान सिह विष्ट, गोपाल गुरुङ्ग, चन्द्र बहादुर सिह, र लभ बहादुर शाहीको प्रतिनिधि सभा प्रत्यक्षका लागि सिफारिस भएको हो ।निर्वाचन क्षेत्र नम्बर २ बाट नारायण प्रकाश साउद, बहादुर सिंह थापा, हरि प्रसाद बोहोरा, भवानीदत्त भट्टको नाम प्रतिनिधी सभा प्रत्यक्षका लागि सिफारिस भएको हो । यस्तै निर्वाचन क्षेत्र नम्बर ३ प्रत्यक्षतर्फ रमेश लेखक, प्रेम कुमार विष्ट र बहादुर सिंह थापाको प्रतिनिधि सभाका लागि सिफारिस भएको हो ।

निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ समानुपातिकका लागि शेरबहादुर विक, राधिका जोशी, प्रवेश राना, भगवती पाण्डे लगायत ९ जनाको नाम सिफारिस गरिएको छ । २ बाट बहादुर सिंह थापा, देवराज पाठक, गणेश पन्त, लक्ष्मी बोहरा, गणेश विक, भरत राना र ३ बाट तारणीदत्त चटौत, अन्तराम भट्ट, गंगादत्त जोशी, शान्ता शर्मा सिफारिस भएका छन् । ३ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका चटौत पुनः समानुपातिकमै सिफारिस भएका हुन् । प्रदेशसभा प्रत्यक्ष तर्फ १ बाट हरेन्द्र बहादुर विष्ट, जनक सिंह धामी, भीम बहादुर थापा, गोपीप्रसाद उपाध्याय, पदम पण्डित शेरसिंह टेर लगायत १७ जनाको नाम सिफारिस गरिएको छ, भने समानुपातिकतर्फ भगवती विष्ट, दान बहादुर पाण्डे, लाल रावत लगायत १५ जनाको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा प्रत्यक्ष तर्फ २ बाट भरत विष्ट, बिन्दु श्रेष्ठ, बन्धु राना, अमरजंग साउद, तनुक राज पन्त, दीर्घसिंह ठकुरी, शुक बहादुर तामाङ्ग, कृष्ण राज राना र समानुपातिकतर्फ ठाकुर प्रसाद बराल, तोय प्रसाद शर्मा, मिरा चन्द गिता बस्नेत लगायत १० जनाको नाम सिफारिस गरिएको छ । प्रदेश सभा प्रत्यक्ष तर्फ ३ बाट मिन बहादुर सिंह, सिद्धराज भट्ट, लाल बहादुर सिंह, गणेश विष्ट, हेमराज ओझा, पुस्कर ओझा, गणेश विष्ट, दिल बहादुर देउवा, नवराज जोशी, झेली राना, बलराम पन्त लगायत १५ र समानुपातिक तर्फ कल्पना पन्त, मान सिह भण्डारी धर्मा विष्ट, पदम ओझा लगायत १३ जनाको नाम सिफारिस गरेको छ ।

प्रदेशसभा ४ बाट प्रत्यक्षतर्फ बहादुर सिंह थापा, हरि प्रसाद बोहरा, भोजराज बोहरा, चिन्तामणी भट्ट, दल बहादुर बोहरा लगायत ९ र समानुपातिक तर्फ भैरव सिह ऐर, गणेश विक, निलम लेखक लगायत २७ जनाको नाम सिफारिस गरेको छ । यस्तै प्रदेश सभा ५ बाट प्रत्यक्ष तर्फ यज्ञराज जोशी, पदम बोगटी, गोपाल सिह भण्डारी, शंकर बहादुर चन्द, कुष्ण कुँवर क्षेत्री, विष्णू दत्त जोशी, धर्मानन्द भट्ट, केशब बहादुर चन्द र समानुपातिक तर्फ मधु भारती, सरस्वती चटौत, रमिला देउवा, रमेश दयाल, हरिहर परियार, राम सोगरत ठकुर लगायत २३ जना सिफारिस भएका छन् ।

प्रदेशसभा ६ बाट प्रत्यक्षतर्फ गोपाल दत्त भट्ट, बेल राना, लोक बहादुर ठकुराठी, पुष्कर सिंह, नाफुसिह साउद र समानुपातिकतर्फ कल्पना केसी, कमला गिरी, नरेन्द्र सिह भण्डारी, सारदा चन्द, उपेन्द्र खडायत, चन्द्र सिह विष्ट लगायत १८ जना सिफारिस भएका छन् । कांग्रेस कञ्चनपुरबाट ३ प्रतिनिधी र ६ प्रदेश सभा सदस्यका लागि ९ जनाका लागि २ सय बढी देखिएपछि छनौटमा समस्या हुने नेताहरुको भनाइ छ । स्थानीय तह, क्षेत्र र जिल्लाबाट सिफारिस भएका उम्मेदवार टिकटका लागि केन्द्रीय नेतासंग लभिङमा जुटेका छन् । यस पटक कांग्रेसभित्र अधिकांश युवा उम्मेदवार समेत सिफारिस भएका छन् । युवापङक्तिले आफुले पनि टिकट पाउनुपर्ने दाबी गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ