arrow

कांग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस

logo
प्रकाशित २०७४ असोज २० शुक्रबार
nepali-congress-flag.jpg.jpeg

भीमदत्तनगर। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरले २०८ जना उम्मेदवारको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी २०८ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरिएको नेपाली काँग्रेसका सभापति हरिप्रसाद बोहराले जानकारी दिए।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ बाट दिवानसिंह विष्ट, चन्द्रबहादुर सिंह र गोपालसिंह गुरुङको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ भने नौ जनाको नाम सिफारिस गरिएको काँग्रेस कञ्चनपुरले जनाएको छ। त्यस्तै, प्रदेशसभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ १७ जना र समानुपातिकतर्फ १५ जनाको नाम सिफारिस गरिएको छ भने प्रदेश नं २ बाट प्रत्यक्षतर्फ आठजना र समानुपातिकतर्फ १० जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ।

त्यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं २ बाट नारायणप्रकाश साउद, बहादुरसिंह थापा, हरिप्रसाद बोहरा र भवानीदत्त भट्टको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ छ जनाको नाम सिफारिस भएका छन्। त्यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं ३ बाट रमेश लेखक, बहादुरसिंह थापा र प्रेमकुमार विष्टको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ चारजना उम्मेदवार सिफारिस गरिएको काँग्रेस कञ्चनपुरले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ