पाल्पा काँग्रेसले गर्यो उम्मेदवारको सिफारिस, को को परे ?
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ असोज २० शुक्रबार
576
Shares
पाल्पा । आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि पाल्पाका पार्टी क्षेत्रीय समितिले गरेको सिफारिसको आधारमा नेपाली काँग्रेस पाल्पाले दुवै निर्वाचनको प्रत्यक्ष र समानुपातिकका उम्मेदवारहरुको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।
दुई निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पाल्पामा नेपाली काँग्रसले केन्द्र र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो । केन्दीय सभाको लागि क्षेत्र नम्वर १ बाट प्रत्यक्ष तर्फ विजयराज घिमिरे , कृष्ण प्रसाद अधिकारी विष्णु माया ढकाल र समानुपातिक तर्फ सन्दिप रानाको नाम सिफरिस गरेको छ । त्यस्तै गरि प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नम्वर १ बाट प्रत्यक्ष तर्फ देवराज ढकालको नाम निर्विरोध सिफारिस गरेको छ । प्रदेश सभा अन्र्तग क्षेत्र नम्वर १ को समानुपातिक तर्फ ज्ञान बहादर गाहा, नेत्र भट्टराई रुपा विक लाई सिफारिस गरेको छ । क्षेत्र १ प्रदेश सभा २ बाट प्रत्यक्ष तर्फ दानबहादुर पछाई, शंकर खनाल र विजया भट्टराईको नाम केन्द्रमा सिफरिस गरेको छ । त्यस्तै गरि समानुपातिक तर्फ विष्णु कुमार थापा , डिल्लीराज रेग्मी र कृष्ण प्रसाद भट्टराई रहेको नेपाली काँगे्रस पाल्पाले जनाएको छ ।
क्षेत्र नम्वर २ प्रतिनिधि सभा प्रत्यक्ष तर्फ हरि प्रसाद नेपाल, वीरबहादुर राना , राजन प्रसाद पन्थ, डा. रामप्रसाद ज्ञवाली र समानुपातिक तर्फ अम्विका पौडेल, बसन्ती घिमिरे , विधान श्रेष्ठ, मिना पन्थी , शोभा शाक्य, शान्ता बोहोरा, सारदा नेपाल, जमिला मियाँलाई सिफारिस गरेको छ । क्षेत्र नम्वर २ प्रदेश सभा १ को प्रत्यक्ष तर्फ प्रदिप प्रसाद उदय, माधव प्रसाद नेपाल, यमलाल तिमिल्सेना, रमा पन्थ, रामेश्वर पन्थी, सरस्वती प्रसाद बस्याल, हिमाल दत्तत श्रेष्ठ, सुनिता अधिकारी, समानुपातिक तर्फ अजयमान कर्मचार्य, अम्विका भट्टराई, कृष्ण बहादुर राना, कोपिला कार्की, गंगा पौडेल, चकोरमान शाक्य, जनक गाहा, झपेन्द्र गहिरे , दल बहादुर राजपुत, दम बहादुर कार्की, पदम बस्याल, पोष्कान्त बस्याल, विष्णु बहादुर गाहा, महेश्वरी कुंवर, महेन्द्र घाती, मादव न्यौपाने, मुक्तिराम बस्याल, महोन प्रसाद श्रेष्ठ, यादव सिं कार्की र लाल कुमारी राना लाई सिफारिस गरेको छ ।
क्षेत्र नम्वर २ प्रदेश सभाको प्रत्यक्ष तर्फ ओम प्रसाद पोखरेल, खड्क बहादुर कुवंर, जुद्ध बहादुर थापा, ढुंडीराज पोखरेल, पदम न्यौपाने, विमल ढकाल, विनोद कार्की, मदन आर्चाय, रामचन्द्र पाण्डेय, राम बहादुर कार्की, लक्ष्मण रायमाझी, लक्ष्मण खनाल, शंकर रायमाझी, सीता देवी पोखरेल को नाम प्रत्क्षय तर्फ केन्द्रमा नाम सिफारिस गरेको काँग्रेसले जनाएको छ । समानुपातिक तर्फ अम्वर बहादुर थापा, क्रान्त अधिकारी, गिरीजा गरै, दिवाकर अर्याल, धन बहादुर रायमाझी , नल बहादुर राना, माया खनाल, लक्ष्मी गैरे, लक्ष्मण हिताङ्ग, सीता नेपाल, हरिलाल पोखरेल, सीता देवी पोखरेल र हिराधर आचार्यको नाम सिफारिस गरिएको नेपाली काँग्रेस जिल्ला सचिव झपेन्द्र गहिरेले बताए ।