arrow

सांसद चौधरी कांग्रेसमा प्रवेश, तराईमा उत्साह

logo
प्रकाशित २०७४ असोज २० शुक्रबार
chaudhari_party_prabesh.jpg

काठमाडौं। नेकपा मालेका सांसद् शिवचन्द्र चौधरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। शुक्रबार सांसद् चौधरीलाई एक विशेष कार्यक्रमबीच काँग्रेस पूर्व महामन्त्री विमलेन्द्र निधिले काँग्रेसमा प्रवेश गराएका हुन्। 

लामो समय इन्जिनियरिङ पेशाका संलग्न भएका चौधरी राम्रो छबि भएका नेता मानिन्छन्। यस अघि संसदको कृषि तथा जलस्रोत समितिमा बस्दा समेत उनले गरेको कामबाट धेरै प्रभावित भएका थिए। धनुषा जिल्ला र त्यस आसपासका क्षेत्रमा राम्रो पकड बनाएका चौधरीको प्रवेशले मधेशमा कांग्रेसलाई अझ धेरै मत आउने आकलन गरिएको छ। उनको पार्टी प्रवेशसँगै धनुषा जिल्ला र त्यस आसपासका क्षेत्रका कांग्रेसीहरुमा उत्साह थपिएको बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ