arrow

एमाले नेता झलनाथ र नेम्वाङसँग भिड्ने काँग्रेसी नेताहरुको नाम सिफारिस, को को परे ?

logo
प्रकाशित २०७४ असोज १९ बिहिबार
jhalanath-subash.jpg

काठमाडौं । एमालेका चर्चित दुई नेताहरु पूर्व प्रधानमन्त्री झलनाथ खनाल तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङसँग चुनावी प्रतिस्पर्धा गर्ने काँग्रेसी उम्मेदवारहरुको नाम सिफारिस भएको छ । 

४ दिन लामो निरन्तरको बैठकपछि इलामा क्षेत्र नं १ र २ बाट उम्मेदवारको नाम सिफारिस गरिएको नुतन दुलालले जानकारी दिए । उनका अनुसार संयुक्त बैठकले गाउँ तथा नगरकार्यपालिकाबाट छनोट भएका नामहरु जिल्ला कार्य समितिमा पठाईएको हो ।

बिहीबार मात्रै एमालेका पूर्वअध्यक्ष समेत रहेका झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङले क्रमशः क्षेत्र नं १ र २ मा उम्मेदवारी दिने बताईरहेको अवस्थामा काँग्रेसका यी उम्मेदवारहरु मध्येबाट नै एकले यी दुई नेतासँग प्रतिस्पर्धा गर्ने देखिन्छ । 

प्रतिनिधि सभा क्षेत्र नं १ मा प्रत्यक्ष तर्फ बेनुपराज प्रसाईको नाम सिफारिस गरिएको छ । २०५१ सालको मध्यावधि निर्वाचनमा एमालेका झलनाथ खनाललाई पराजित गरेका प्रसाइंको नाम यस पटक पनि पहिलो नम्बरमा सिफारिस गरिएको छ ।

उनीसँगै क्षेत्र नं १ मा सिफारिसमा परेका काँग्रेस नेताहरुमा भूपेन्द्र कट्टेल, भेषराज आचार्य, केशव थापा, मोहन श्रेष्ठ, विक्रम पाण्डे, हिमालय कर्माचार्य, कुलबहादुर गुरुङ र सुजाता परियारको नाम सिफारिस गरिएको छ । 

त्यस्तै, सोही क्षेत्रमा समानुपातिक तर्फबाट तोयानाथ भट्टराई, टीकाराम सुब्बा, रामेश्वरी पौडेल, दीपक अधिकारी, स्वनाम छिरिङ, विष्णु घिमिरे, सिताराम नेपाल, विष्णुकुमारी लिम्बु (दाहाल) र भीष्म प्रधानको नाम सिफारिस गरिएको छ । 

प्रदेश तर्फ क्षेत्र नं १ (क)बाट प्रत्यक्षतर्फ हुकुमलाल थेवे, मिलन क्षेत्री, अनिता श्रेष्ठ, धनबहादुर खान्दा र विक्रम पाण्डेको नाम सिफारिस गरिएको छ । क्षेत्र  १ (क) मा नै समानुपातिकतर्फ हरिकला श्रेष्ठ, प्रकाश थापा, जीवन नेपाली, तुलाराम गुरुङ, अनिता श्रेष्ठ, पुनम गुरुङ, उद्धव पौडेलको नाम सिफारिस गरिएको छ । 

क्षेत्र नं १ (ख) मा प्रत्यक्षतर्फ दुर्गाकुमार बराल, लक्ष्मीकान्त घिमिरे, विष्णु कार्की (हेमकुमार) कमला कट्टेल, प्रमोद राई र लालबहादुर बस्नेतको नाम सिफारिस गरिएको छ ।

त्यस्तै यसैमा समानुपातिकतर्फ श्रीप्रसाद खरेल, बुद्धकाजी लेप्चा, श्याम कार्की, धनकुमार आले, चक्र एक्तेम (अभिशेक), उर्वशी पराजुली, मणिकुमार लिम्बु, नर्वदा निरौला, तारा ढुंगाना, देवी अर्याल र आरती राईको नाम सिफारिस भएको छ । 

त्यस्तै, क्षेत्र नं २ मा प्रतिनिधि सभा निर्वाचनको लागि केशव थापा, भेषराज आचार्य, बेनुपराज प्रसाईं र निर्मला प्रसाईंको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । 

त्यस्तै समानुपातिकतर्फ कुलबहादुर गुरुङ, तोयानाथ भट्टराई, सुजाता परियार, विष्णुकुमारी लिम्बु (दाहाल), हरि प्रसाद खनाल र हिमालय कर्माचार्यको नाम सिफारिस गरिएको छ । 

प्रदेश तर्फ क्षेत्र नं २ (क) मा प्रत्यक्षतर्फ डम्बर खड्का, केदार थापा, गोविन्द गिरी, राजेन्द्र शर्मा र पूर्णप्रसाद गौतमको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ निरोज खड्गी, मेघप्रसाद चम्लागाईं, होमप्रसाद दुलाल, मोती साम्पाङ, चन्दा कार्की, धनमान बराईली, मोहनकुमार श्रेष्ठ, नारायण श्रेष्ठ, घनेन्द्र भक्तराज, श्रीबहादुर सिवाको नाम सिफारिस गरिएको छ । 

त्यस्तै, क्षेत्र नं २ (ख) मा प्रत्यक्षतर्फ खगेन्द्र देवान याख्खा, नगेन्द्रकुमार कुमाल, यामकुमार बुढाथोकी र चुडामणि पौडेलको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ शान्तिकला तामाङ राई, कर्णबहादुर समाल, चन्द्रमाया लिम्बू, हर्क धमला, प्रेमिका रानामगर, पम्फा पुलामी, हेमबहादुर लिम्बुको नाम सिफारिस गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ