arrow

जाजरकोटबाट काँग्रेस उम्मेदवार सर्वसम्मत

logo
प्रकाशित २०७४ असोज १९ बिहिबार
Congres-FNL.jpg1.jpeg

काठमाडौँ । नेपाली काँग्रेस जिल्ला कार्य समिति जाजरकोटले आगामी निर्वाचनका लागि पार्टीका तर्फबाट सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

आगामी मंसिरमा हुने सङ्घ र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नामावली सर्वसम्मत रुपमा टुङ्गो लगाई केन्द्रीय कार्यालयमा बुझाएको जिल्ला सभापति दीपकजंग शाहले राससलाई जानकारी दिए ।

एक मात्र निर्वाचन क्षेत्र भएको जाजरकोटमा पार्टीको जिल्ला कार्य समिति बैठकले सङ्घमा राजीवविक्रम शाह तथा प्रदेशमा वेदराज सिंह र दीपकजंग शाहको नाम सिफारिस गरेको हो ।

काँग्रेसमा निर्वाचनका लागि उम्मेदवार चयन गर्न चुनौती देखिने गरेको सन्दर्भमा जाजरकोट कार्यसमितिले अन्य जिल्ला कार्यसमितिलाई सकारात्मक सन्देश दिने गरी सर्वसम्मत निर्णय गरेको सभापति शाहले बताए ।

राजधानीमा भेटिएका सभापति शाहले मुलुकमा वामपन्थी शक्तिहरु एक हुन लागेको वर्तमान राजनीतिक परिस्थितिमा काँग्रेसजन मात्र होइन सम्पूर्ण लोकतान्त्रिक शक्ति एक ढिक्का भएर निर्वाचनमा होमिनुपर्ने बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ