राजनीति सिकेकै क्षेत्रबाट चुनाव लड्ने झलनाथ खनालको उद्घोष
नेम्वाङ इलाम क्षेत्र नं २ मा
प्रकाशित २०७४ असोज १९ बिहिबार
369
Shares
इलाम । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूले राजनीति सिकेकै क्षेत्रबाट चुनाव लड्ने बताएका छन् । पत्रकारहरुको जिज्ञाशामा नेता खनालले आगामी मंसिर महिनामा हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नो राजनीतिक यात्रा सुरु गरेको इलाम क्षेत्र नं १ बाट चुनाव लड्ने उद्घोष गरेका हुन् ।
यस अघिपनि सोही क्षेत्रबाट चुनाव जितेका नेता खनालले इलाम क्षेत्र नं १ बाटै आफूले राजनीतिक यात्रा शुरु गरेको र त्यहाँका जनताको माया पाइरहेकाले आफू त्यहीँबाट चुनावमा उठ्ने विचार व्यक्त गरे ।
त्यस्तै, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले पनि पुरानै क्षेत्रबाट चुनाव लड्ने बताएका छन् । यस अघि पनि इलाम क्षेत्र नं २ बाट चुनाव जितेका नेम्वाङले यसपाली पनि सोही क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।