ओखलढुंगा काँग्रेसले गर्यो एक जना उम्मेदवारको लागि ७ जनाको सिफारिस
प्रकाशित २०७४ असोज १९ बिहिबार
116
Shares
काठमाडौं । नेपाली काँग्रेस ओखलढुंगाले प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि ७ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभाको लागि कूल एक क्षेत्र र प्रदेश सभाको लागि दुई क्षेत्र रहेको जिल्लामा प्रदेश सभाको लागि भने १५ जनाको नाम सिफारिस गरिएको ओखलढुंगा काँग्रेसले जनाएको छ ।
प्रतिनिधि सभाको लागि सिफारिसमा परेकाहरुमा प्रदीप सुनुवार, रामहरि खतिवडा, खिलानाथ दाहाल, मित्रसेन दाहाल, बालकृष्ण दाहाल, गोमा केसी र प्रेम राज राई रहेका छन् । त्यस्तै, प्रदेश तर्फ क्षेत्र नं १(क)मा तेजेन्द्र खनाल, हंशराज वाग्ले, डिल्ली खनाल, प्रकाश दाहाल, डेकराज भट्टराई, लीलावल्लभ दाहाल र बद्रीनाथ दाहालको नाम सिफारिस गरिएको छ । क्षेत्र नं १(ख) तर्फ भने बालाकुमारी अधिकारी, कुमार लुईँटेल,कमल तामाङ, ज्ञानेन्द्र रुम्दाली, अशोक कार्की, रामजी वास्तोला, शान्ति खड्का र जीवन राईको नाम सिफारिस गरिएको ओखलढुंगा काँग्रेसले जनाएको छ ।