ताजकिस्तानविरुद्वको चौथो खेलका लागि नेपाली फुटबल टोली घोषणा
अग्रपंक्तिमा को–को परे ?
प्रकाशित २०७४ असोज १८ बुधबार
645
Shares
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले एएफसी एशियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्वको चौथो खेलको लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ ।
यही असोज २४ गते ताजकिस्तानमा हुने फुटबलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । एलन न्यौपाने, बिकेश कुथू र किरणकुमार लिम्बू, गोल रक्षक छन् ।
‘मध्यपंक्तिमा भरत खवास, सुनिल बाल, विशाल लाई, हेमन्त थापामगर र सुजल श्रेष्ठ रहँदा अग्रपंक्तिमा विमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, नवयुग श्रेष्ठ र अञ्जन विष्ट रहेका छन् ।
गएको भदौ २० गते एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपालले घरेलु मैदानमै ताजिकिस्तानसँग २–१ गोलअन्तरको हार व्यहोरेको थियो ।
त्यसैगरी फिलिपिन्सको मनिलामा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो, भने काठमाडौँमा भएको दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको थियो ।