केपी ओली, प्रचण्ड र बाबुराम भट्टराई एउटै मञ्चमा, पत्रकार सम्मेलन जारी
प्रकाशित २०७४ असोज १७ मंगलबार
610
Shares
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त पत्रकार सम्मेलन प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा जारी रहेको छ । मंगलबार दिउँसो दिनभर भएको दुई पक्षीय छलफल पछि दुई पार्टीबीच भएको पार्टी एकीकरणको विषयमा जानकारी दिनको लागि आयोजित पत्रकार सम्मेलनमा दुई पार्टीका अध्यक्ष सहित नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई पनि एउटै मञ्चमा देखिएका छन् ।
साँझ ५ बजेदेखि सुरु भएको पत्रकार सम्मेलनमा एमाले र माओवादीका उच्च तहका नेताहरुको सहभागिता रहेको छ ।