पहिलो पटक कार्यकर्तालाई टीका लगाउँदै अध्यक्ष पशुपतिशमशेर राणा
प्रकाशित २०७४ असोज १४ शनिबार
463
Shares
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले यस वर्ष पहिलोपटक पार्टीका नेता, कार्यकर्तालाई शुभेच्छुकलाई विजयादशमीको टीका लगाउनुहुने भएको छ। राणाले महाराजगंजस्थित विजय निवासमा नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थनलाई टीका लगाइने कार्यक्रम रहेको सो पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले जानकारी दिए।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले विजयादशीमा अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।