महामन्त्री डा कोइराला तेस्रो पटक नवलपरासी पूर्वबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस
प्रकाशित २०७४ असोज ११ बुधबार
335
Shares
नवलपरासी। प्रतिनिधिसभा (संघीय सभा) को निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई नवलपरासीको बर्दघाट सुस्तापूर्व क्षेत्र नं १ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
नाम सिफारिस गरिएको क्षेत्रबाट डा कोइराला विसं २०६४ र २०७० को निर्वाचनमा पनि निर्वाचित भएका थिए। डा कोइरालालाई नै सो क्षेत्रमा निरन्तरताका लागि गाउँ र नगर कार्यसमितिबाट सिफारिस आएको काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले जानकारी दिए। रासस