स्थानीय तहको निर्वाचन उत्कृष्ट ढंगबाट सम्पन्न भएको छः निर्वाचन आयोग
प्रकाशित २०७४ असोज १० मंगलबार
303
Shares
काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त इला शर्माले निर्वाचनको अन्तर्राष्ट्रिय मान्यताको कुनै कसीबाट परीक्षण गर्दा पनि स्थानीय तहको निर्वाचन उत्कृष्ट ठहरिने दाबी गरेकिछिन्।
विजयादशमी, दीपावली तथा छठ लगायतका महान् चाडपर्वको उपलक्ष्यमा निर्वाचन आयोगमा आज आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन सञ्चालनमा आयोगको भूमिकाप्रति कसैले प्रश्न उठाउन नसक्ने धारणा व्यक्त गरिन्।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई समेत सफल तुल्याउने गरी जिम्मेवारी बहन गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त शर्माले सम्पूर्ण कर्मचारीलाई निर्देशन दिइन्।