arrow

बारागढी गाउँपालिका अध्यक्षमा काँग्रेस, अन्यमा को को ? 

logo
प्रकाशित २०७४ असोज १० मंगलबार
baragadhi_gaupalika_map.png

कलैया । बारागढी गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्षमा जित हात पारेको छ भने उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको छ । 

काँग्रेसका देवदत्त बछाडले दुई हजार ६१८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशोक जैसवालले दुई हजार ५५५ मत प्राप्त गरेका थिए । 

उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी रायले दुई हजार हजार ५८० मत प्राप्त गरी विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चन्द्रवतीदेवी चौधरीले दुई हजार ४५४ मत प्राप्त गरे । 

छवटा वडा रहेको बारागढीमा काँग्रेसले दुई, संघीय समाजवादीले दुई र नेकपा एमालेले पनि दुईवटा वडामा जित हात पारेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ