arrow

सोमबार बिहान ७ बजेसम्म १३० तहको मतपरिणाम सार्वजनिक, कुन दलले जिते कति तह ?

logo
प्रकाशित २०७४ असोज ९ सोमबार
aaa.JPG

काठमाडौं । प्रदेश नं २ मा सोमबार बिहान बजेसम्म १३० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । 

नेपाली काँग्रेसले सर्वाधिक ३७ तह जितेर आफूलाई शिर्ष स्थानमा राखेको छ भने २ स्थानमा आग्रता लिएको छ  ।

दोस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमले २५ बटा स्थानीय तह आफ्नो पोल्टामा पारेको छ । फोरमको १ स्थानमा अग्रता रहेको छ ।  तेस्रोमा रहेको राजपाले  २४ स्थानीय तह जितेको छ ।

त्यस्तै चौथोमा रहेको  माओवादी केन्द्र २१ स्थानीय तहमा बिजयी भएको छ । 

पाँचौं स्थानमा रहेको एमालेको १७ स्थानमा जीत र २ स्थानमा आग्रता रहेको छ ।

अन्यमा  नेपाल लोकतान्त्रिक दलले ३, नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ ।

सोमबार बिहान घोषित अन्तिम परिणाममा रौतहटको गरुडा नगरपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ । 

मेयरकी उम्मेदवार फोरमकी इन्दु राय यादव विजयी भएकी हुन् । यादवले ३८७६ मत ल्याइन् । 

उपमेयरमा भने नेपाली काँग्रेसले बाजी मारेको छ । काँग्रेसकी उम्मेदवार रंगीला कुमारी जैसवालले ४६०३ मत ल्याइन् । 

अब ६ तहको परिणाममात्र आउन बाँकी छ । अधिकांशको परिणाम सोमबारै आइसक्ने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ