आइतबार बिहान ८ बजेसम्म १२१ स्थानीय तहको परिणाम, काँग्रेसलाई ३६ तह, बाँकी कसले ?
प्रकाशित २०७४ असोज ८ आइतबार
192
Shares
काठमाडौं । प्रदेश नं २ मा आइतबार बिहान ८ बजेसम्म १२१ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । नेपाली काँग्रेसले सर्वाधिक ३६ तह जितेर आफूलाई शिर्ष स्थानमा राखेको छ ।
दोस्रो स्थानको संघीय समाजवादी फोरमको २२, राजपाको २१, माओवादी केन्द्रको २०, एमालेले १६, नेपाल लोकतान्त्रिक दलले ३, नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ ।
१३६ स्थानीय तहको छिनोफानो हुँदै गर्दा काँग्रेस ४, संघीय फोरम ४, माओवादी २, एमाले ३ र राजपा २ तहमा अगाडि छ।