काठमाडौं । सरकारले तराईमा आनदोलनरत मधेसी दललाई वार्तामा आउन आव्हान गरेको छ । मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले आन्दोलनरत दलहरुलाई वार्तामा आउन पत्राचार गर्नै निर्णय गरेको छ ।
बैठकले इन्धन आपूर्ति सहज बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय वार्ता टोली बनाउने निर्णय भएको छ। यस्तै इन्धनको बैकल्पिक व्यवस्थाका लागि कुटनीतिक पहल गर्ने निर्णय पनि गरेको छ।
यस्तै प्रधानमन्त्रीको प्रेस सल्लाहाकारमा प्रमोद दाहाललाई नियुक्त गरेको छ। यसैगरी इन्द्र भण्डारीलाई प्रधानमन्त्रीको स्वकीय सचिवमा नियुक्त गरेको छ।