arrow

राजविराज नगरपालिकामा अझै सुरु भएन मतगणना, दलहरुबीच कुरा मिलेन

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
rajbiraj_fnl.png

राजविराज । सप्तरीको राजविराज नगरपालिकाको मतगणना अझै नियमित हुन सकेको छैन । दलहरुबीच मतगणना नियमित गर्न भन्दै छलफल भएपनि सहमति हुन सकेको छैन ।

राजविराज–१ को मतगणना सार्वजनिक गरेको मतपरिणम भन्दा कम मतपरिणाम आएको भन्दै दलहरुले विवाद झिकेपछि मतगणना स्थगित गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

विवाद उत्पन्न भएपछि निर्वाचन कार्यालयले सूचना टाँस गरी अर्को सूचना नभएसम्मका लागि मतगणना स्थगित गरेको उनले बताएका छन् ।

राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हलमा सुरक्षाकाबीच मतपेटिका राखिएको छ । मुख्य निर्वाचन अधिकृत कोइरालाले आफुले अब गणना नियमित गराउने अवस्था नरहेको समेत बताएका छन् ।

यसैबीच जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिबीच छलफल भइरहेको र छलफलमा सहमति भए मतगणना नियमित गरिने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

वाहिर मतपरिणाम सुनाउँदा कुनै बेला बढी र कुनै बेला घटी सुनाएपछि  परिणाम सुन्न बसेकाहरुले यो तरिका नभएको आलोचना गरेपछि दलका प्रतिनिधिहरुले गणना रोकेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ