माधव नेपालको रौतहटबासीबाट 'प्यार पाएको' माओवादी बारा र सप्तरीमा पत्तासाफ !
प्रकाशित २०७४ असोज ७ शनिबार
346
Shares
काठमाडौं । तेस्रो चरणको स्थानीय तहको निर्वाचन आईरहँदा विभिन्न रोचक विषयहरु देखा परेका छन् । मधेशको ८ जिल्लामा पनि माओवादीले रोचक मत ल्याएको छ । सोमबारदेखि सुरु भएको निर्वाचन मतपरिणाम अनुसार शुक्रबार रातीसम्म आएको मत परिणाम अनुसार माओवादी दुई जिल्लामा झण्डै आधा दर्जन स्थानीय तहमा विजय हाँसिल गरिसक्न खोज्दा दुई स्थानीय तहमा भने पत्तासाफ भएको छ ।
पछिल्लो मत परिणाम अनुसार माओवादी सप्तरी र बारा जिल्लामा पत्तासाफ भएको हो। यी दुई जिल्लामा माओवादीको न त अग्रता एउटा स्थानीय तहमा रहेको छ न त विजयी नै बनेको छ । यहाँ अहिलेसम्मको स्थितीलाई विश्लेषण गर्दा माओवादीले खाता खोल्न सक्ने स्थिती नै कम देखिएको छ । तर, माओवादीको यी दुई जिल्ला बाहेकका अरु जिल्लाहरुमा भने सम्मानजनक मत आएको छ । प्रचण्डले चुनाव जितेको सिराहामा रहेको कूल १७ स्थानीय तह रहेको ५ वटामा माओवादी विजयी भएको छ भने एउटा स्थानीय तहमा अग्रता कायम गरेको छ ।
त्यस्तै, धनुषा जिल्लामा माओवादीको उपस्थिती न्यून रहेको देखिएको छ । धनुषामा माओवादी जम्मा एउटामा विजयी भएको छ भने एउटा स्थानीय तहमा अग्रता हाँसिल गरेको छ । उता महोत्तरीमा भने ३ स्थानमा विजयी भएको माओवादी एउटा स्थानीय तहमा अगाडि रहेको छ । जम्मा एउटा स्थानीय तहमा विजयी भएको माओवादी सर्लाहीमा २ वटा तहमा अगाडि रहेको छ । पर्सामा भने माओवादीले २ स्थानमा विजयी र २ वटामा अग्रता हाँसिल गरेको छ ।
प्रचण्डको मधेश प्रेम र मधेशवाकको समिश्रण
मधेशसँग लभ परेको भन्ने प्रचण्डको यही अभिव्यक्तिले पनि धेरै मधेशीको मन जितेको विश्लेषण गर्ने गरिएको छ । निर्वाचनको समयमा मतदाताको मनोवैज्ञानिक पक्षलाई केलाएर अभिव्यक्ति दिने प्रचण्डले दिएको यो अभिव्यक्तिमात्रै नभएर पछिल्लो सात दिनदेखिको मधेश दौडाहामा बसेर आफू मधेशमा पनि घुल्न सक्ने भन्ने सन्देश दिएर पनि धेरैको मन जित्न सफल भएको मानिन्छ ।
पछिल्लो समयमा मधेशको मुद्दामा प्रचण्डले मधेशवादी दलको पक्षमा देखाएको सहानुभूति र स्थानीय तहको सीमाना तयार पार्नेबेलामा पनि आफूले मधेशको पक्षमा गरेका केही कामको विषयमा मधेशमा प्रचण्डले गरेको व्रिफिङले पनि उनलाई मधेशमा मत ल्याउन सफल भएको आकलन पनि गर्न थालिएको छ । जे भएपनि उनको यो प्रेमको नामबाट चुनाव जित्ने सूत्र दोस्रो संविधान सभा र स्थानीय तहको निर्वाचनमा पनि सफल भएको मान्न सकिन्छ ।