arrow

पर्साको पटेर्वा सुगौली गाउँपालिका एमाले र काँग्रेसले बाँडे  

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
parsa-district.png

पर्सा । पर्साको पटेर्वा सुगौली गाउँपालिका नेकपा एमाले र नेपाली काँग्रेसले बाँडेका छन् । 

अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस विजयी भएको हो । अध्यक्षमा एमालेका हरिनारायण चौधरीले २ हजार ९ सय ५७ मत प्राप्त गरी विजयी भए ।

चौधरीले कांग्रेसका उम्मेदवार दिनेश चौधरीलाई ९० मतको अन्तरले पराजित गरेका हुन् । 

दिनेश चौधरीले २ हजार ८ सय ६७ मत प्राप्त गरे।

उपाध्यक्षमा भने एमालेकी सञ्जु चौधरीलाई हराउँदै कांग्रेसकी ममता चौधरी विजयी भएकी छन्।

गाउँपालिकाको पाँच वडामध्ये ३ वडा काँग्रेसले र २ वडा एमालेले जितेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ