सप्तरीका १६४ वडामध्ये १७ को परिणाम, काँग्रेसलाई ८ वडा
प्रकाशित २०७४ असोज ४ बुधबार
545
Shares
सप्तरी । स्थानीय तह तेस्रो चरणको चुनावमा सप्तरीका १६४ वडामध्य १७ वडाको परिणाम घोषणा भएको छ ।
अहिलेसम्म घोषित वडामा नेपाली काँग्रेस अगाडि छ । काँग्रेसले ८, एमाले ३, राजपा ३ तथा संघिय समाजवादी फोरम नेपाल र लोकतान्त्रिक फोरम १–१ स्थानमा विजयी भएका छन् ।
अरु वडाहरूको मतगणना जारी रहेको जिल्ला निर्वाचन आयोग सप्तरीले जानकारी दिएको छ ।