राजविराज । राजविराज नगरपालिका–१५ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट वडाध्यक्षमा जशकरण मण्डलले उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि राजपाका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएको ६५ वर्षीय महन्थी यादवको भदौं ३१ गते मृत्यु भएपछि संशोधित निर्वाचन कार्यक्रमअनुसार राजपाको तर्फबाट मंगलबार मण्डलले मनोनयन दर्ता गराएका हुन् ।
सो वडाको निर्वाचन यही असोज ५ गते हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उक्त वडाको निर्वाचन नभएसम्म सम्पूर्ण नगरपालिकाकै मतगणना रोकिएको छ । अहिले प्रदेश नं २ का १३६ मध्ये १३५ तहको मात्र मतगणना भइरहेको छ ।