वीरगञ्ज महानगरपालिकामा काँग्रेस अगाडि, राजपा दोस्रोमा, एमाले ?
प्रकाशित २०७४ असोज ४ बुधबार
486
Shares
वीरगञ्ज । प्रदेश नं २ को एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकामा नेपाली काँग्रेस अगाडि लागेको छ ।
काँग्रेसका मेयरका उम्मेदवार अजय द्विवेदी ४४६ मतका साथ अग्रस्थानमा अगाडि बढ्दा सुरुदेखि नै अग्रता लिँदै आएका राजपा नेपालका राजेशमान सिंह दोस्रो स्थानमा झरेका छन्। सिंहको ३८० मत छ।
संघीय समाजवादी फोरमका विजय सरावगी २४३ मतका साथ तेस्रो स्थानमा छन् ।
माओवादी केन्द्रका रहबर अन्सारी १७६ मत ल्याएर चौथो स्थानमा छन् ।
लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव १२० मतका साथ पाँचौं स्थानमा छन् ।
छैठौं स्थानमा झरेका एमालेका वसरुद्दिनले ८८ मत ल्याएका छन् ।