arrow

वीरगञ्जमा १६ सय गन्दा राजपालाई काँग्रेसले उछिन्यो, कसको कति ? 

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
birjung_mahanagarpalika.png

काठमाडौैं । वीरगञ्ज महानगरपालिकामा पहिलो १६०० मत गन्दा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । सोमबार भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मंगलबारदेखि सुरु भएको मतगणनाका क्रममा नेपाली काँग्रेसका उम्मेदवारले ४ सय ४६ मत ल्याएका छन् । उपमेयरतर्फ कांग्रेस उम्मेदवारले ४ सय ६२ मत ल्याएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी राजपाका उम्मेदवार ३ सय ८० मतमा सीमित भए । उपप्रमुखमा राजपाका उम्मेदवारले ३ सय ९२ मत पाएका छन् । यस अघिसम्म आएका प्रारम्भिक मतपरिणामहरुमा राजपाले काँग्रेस उम्मेदवारलाई पछि पार्दै आएको थियो । 

उता, तेस्रो हुने  संघीय समाजवादी फोरमका उम्मेदवारले २४३ मत पाएका छन् छन् भने माओवादी उम्मेदवारले १ सय ७६ मत ल्याएका छन् । एमाले उम्मेदवारले भने ८८ मत ल्याएका छन् । उपमेयरतर्फ संघीय समाजवादी फोरमले २४४, माओवादीले १६३, एमालेले ९६ तथा फोरम लोकतान्त्रिकले ९३ मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ