arrow

सिरहाका तीन वडामा माओवादी विजयी

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
CPN-Maoist-Center-logo.png

लहान ।  सिरहामा नेकपा (माओवादी केन्द्र) तीन, संघीय समाजवादी फोरम र राजपा दुई-दुई तथा नेपाली काँग्रेस र नेकपा (एमाले) एक-एक वडामा समूहसहित विजयी भएका छन् ।

पछिल्लो मतपरिणामअनुसार कर्जन्हा नगरपालिका १ र ३ को वडाध्यक्षमा माओवादी केन्द्रका क्रमशः मोहनबहादुर खत्री र कपलेश्वर यादव विजय भएको निर्वाचन अधिकृत शुवर्णमान बनेपालीले जानकारी दिए ।

यस्तै अर्नमा गाउँपालिका–१ को वडाअध्यक्षमा माओवादी केन्द्रका गफार मियाँले ७२४ मत ल्याइ विजयी भएको छ । जिल्लाको कल्याणपुर नगरपालिका १ र २ को वडाध्यक्षमा राजपाका क्रमशः विशेश्वर मुखिया र जयराम कामती विजयी भएका छन् ।

यस्तै औरही गाउँपालिका–१ को वडाध्यक्षमा संघीय समाजवादी फोरम नेपालका तुलसी ठाकुर र भगवानपुर गाउँपालिका १ को वडाध्यक्षमा सोहि पार्टीका बद्रीनारायण यादव विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै धनगढीमाई नगरपालिका–१ के वडाध्यक्षमा नेकपा (एमाले) का सूर्य नारायण महतो र लहान नगरपालिका–२ को वडाध्यक्षमा नेपाली काँग्रेसका शियाराम यादव वजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ