काठमाडौं । वीरगञ्ज महानगरपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । सोमबार सम्पन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मंगलबारदेखि सुरु मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।
प्रारम्भिक मत परिणाममा नेपाली काँग्रेस झिनो मतले अगाडि देखिएको छ । कूल एक सय मत गन्दा महानगरको प्रमुखमा नेपाली काँग्रेसले २७ र उपप्रमुखमा ३० मत आएको छ । त्यस्तै, दोस्रो हुने राष्ट्रिय जनता पार्टीको प्रमुखमा २६ मत आएको छ । उपप्रमुखमा राजपाको २७ मत आएको छ ।
त्यस्तै, संघीय समाजवादी फोरमका उम्मेदवारले भने प्रमुख तर्फ २१ मत र उपप्रमुख तर्फ १९ मत प्राप्त गरेका छन् । निकै संवेदनशील रुपमा मंगलबार दिउँसोदेखि मतगणना सुरु गरिएको छ । तेस्रो चरणको निर्वाचनमा एकमात्र महानगरपालिकाको रुपमा रहेको वीरगञ्ज नेपालको सबैभन्दा कान्छो महानगरपनि हो ।