वीरगञ्ज महानगरको मतगणना सुरु, १ र ३२ वडाको गणना हुँदै
प्रकाशित २०७४ असोज ३ मंगलबार
411
Shares
वीरगन्ज । सर्वाधिक चासोको वीरगन्ज महानगरपालिकाको मतगणना ढिला गरी सुरु भएको छ । विहान ८ बजे सर्वदलीय बैठक बोलाएकामा दलका प्रतिनिधि राख्ने विषयमा कुरा नमिल्दा ढिला गरी मतगणना सुरु भएको हो ।
सुरुमा १ र ३२ नम्बर वडाबाट मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले अब विस्तारै गणना गर्ने ठाउँ थप्ने तयारी गरेको छ । वीरगञ्ज महानगरको मेयर उम्मेदवार अजय द्विवेदीका अनुसार दलका प्रतिनिधि राख्ने विषयमा कुरा नमिल्दा समय लागेको हो ।
अब गणक र गणना गर्ने ठाउँ बढाउन लागिएको भन्दै उनले सकेसम्म चाँडै परिणाम आउनु विश्वास लिए । महानगरको वडा अध्यक्षका उम्मेदवारहरुले मत गणनास्थलमा वडाको पनि प्रतिनिधि राख्नु पर्ने माग गरेका थिए ।
वीरगञ्जमा एक लाख ८ हजार मतदाता रहेकामा ७६ हजार मत खसेको छ । दुई दिनमा सबै परिणाम सार्वजनिक गर्ने तयारी रहेको जनाइएको छ ।